आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ का निम्ति सम्झौता भएको छ। सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउने छन्।
प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (३५० रुपैयाँसम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने आइएमई पेले जनाएको छ। यसअघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहेर यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याएको थियो।