• होमपेज
  • वाणिज्य बैंक
  • लुम्बिनी विकास बैंकको इनरुवा शाखा कार्यालय स्थानान्तरण

लुम्बिनी विकास बैंकको इनरुवा शाखा कार्यालय स्थानान्तरण

  • आइतवार, भदौ ५, २०७९
लुम्बिनी विकास बैंकको इनरुवा शाखा कार्यालय स्थानान्तरण

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले मिति भदौ ०५ गते देखि इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ । साबिकको इनरुवा शाखा भन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो । उक्त शाखा सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नं. १, देवानगन्ज रोड स्थित गोलचोकमा स्थानान्तरण भएको छ ।

यस विकास बैंकको स्थानान्तरीत इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले गरे । यसैगरी कार्यक्रममा इनरुवा नगरपालिका वार्ड नं. १ का वडा अध्यक्ष प्रमोद पोखरेल, सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र शाह तथा उपाध्यक्ष गिरीराज अटलको पनि उपस्थिती रहेको थियो । साथै बैंकको तर्फबाट, बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल लगायत बैैकका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार