• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

  • बिहिबार, भदौ २, २०७९
माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

माछापुच्छ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यु. आर. कोड हस्तान्तरण गरेको छ ।

डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा बैंकले ‘नेपाल नाई संघ’लाई क्युआर कोड हस्तान्तरण गरेको हो । देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले ‘नेपाल नाई संघ’लाई क्युआर हस्तान्तरण गरेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा ‘नेपाल नाई संघ’का अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ्ग अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरे ।

क्युआर हस्तान्तरण पछि ग्राहकले ‘नेपाल नाई संघ’मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए वापत लाग्ने शुल्क आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार