• होमपेज
  • शेयर मार्केट
  • बैंक अफ काठमाण्डूको ऋणपत्र निष्कासन

बैंक अफ काठमाण्डूको ऋणपत्र निष्कासन

  • बिहिबार, भदौ २, २०७९
बैंक अफ काठमाण्डूको ऋणपत्र निष्कासन

बैंक अफ काठमाण्डूले आजदेखि ‘७ वर्ष अवधि तथा बार्षिक १०.५० प्रतिशत ब्याजदर भएको बीओके डिबेन्चर,२०८६ (क) निष्कासन गरेको छ । बैंहकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँको ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ ।

जसमा ६ लाख ६० हजार कित्ता ऋणपत्र बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी ४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । ४ लाख ४० हजार कित्तामा पनि सामूहिक लगानी कोषलाई छुट्याईएको छ ।
ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याज पाइन्छ ।

ऋणपत्रमा न्यूनतम २५देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाइने छ । ऋणपत्रमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटल रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार