• होमपेज
  • प्रविधि
  • खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा ५२ दिनमै ५ लाख बढीले गरे कारोबार

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा ५२ दिनमै ५ लाख बढीले गरे कारोबार

  • मङ्लबार, साउन १०, २०७९
खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरमा ५२ दिनमै ५ लाख बढीले गरे कारोबार

खल्ती HYPERLINK “http://kk5.io/DownloadKhalti”ले आफ्ना प्रयोगकर्ताहरूकालागि  जेठ १२ गते देखि असार ३२ गतेसम्म  आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सम्पन्न गरेको छ । उक्त अफरमा ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन्।

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उदेश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूकालागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ। यहि शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा “द बिगेस्ट पेमेन्ट जात्रा” आयोजना गरेको थियो। यो अफर अन्तर्गत् खल्ती प्रयोगकर्ताहरूले सहभागिता जनाई क्यस्ब्याक तथा थुप्रै उपहारकाको फाइदा लिएका थिए।

साथै हरेक दिन १ बजे देखि सुरु हुने Firesale अन्तर्गत २ लाख भन्दा बढी  प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५०५ सम्म क्यास्ब्याक प्रदान गरिएको थियो।

अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको ३ वटा ‘Bajaj Pulsar NS 160 ABS’ तिन भाग्यशाली बिजेताले लकि ड्र मार्फत प्राप्त गर्नु भएको छ। यति मात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिक को ४३ इन्चको स्मार्ट टि।भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू। १ मा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गर्दा निकै खुशी महसुस गरेका थिए ।

खल्तिले बिजेता छनौट प्रकृयालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभ मार्फत बिजेता घोषणा  गर्दै आएको थियो। सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काको उपस्थिति मा “द बिगेस्ट पेमेन्ट जात्रा” मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा  सहभागीता जनाउने सबै प्रति कृतज्ञता प्रदान गर्दै सम्पन्न भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार