एनसीसी बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिषा डेविट कार्ड तथा क्रेडिट कार्ड बाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यस सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेट बाटनै भर्चुवल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सक्नु हुनेछ ।
यसका साथै मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे माध्यमबाट १ हजार ५०० भन्दा बढी मर्चेन्टहरुमा भिषा क्यूआर प्रयोग गरी भुक्तानी समेत गर्न सकिन्छ । मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।