• होमपेज
  • विकास बैंक
  • ज्योति विकास बैंकले मान्यो १४ औं वार्षिकोत्सव , भिडियो बैंकिङ सार्वजनिक

ज्योति विकास बैंकले मान्यो १४ औं वार्षिकोत्सव , भिडियो बैंकिङ सार्वजनिक

  • सोमवार, साउन ९, २०७९
ज्योति विकास बैंकले मान्यो १४ औं वार्षिकोत्सव , भिडियो बैंकिङ सार्वजनिक

ज्योति विकास बैंकले आज श्रावण ९ गते सोमबारको दिन स्थापनाको १४ औं वार्षिकोत्सव मनाएको छ। बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो।

साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव कुमार उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुव राज भट्टराईको पनि उपस्थिति रहेको थियो। १४ औं वार्षिकोत्सवको अवसरमा बैंकले ज्योति Video Banking पनि सार्वजनिक गरेको छ। यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता संचालन गर्न सकिने सेवा सहितको Video KYC सार्वजनिक गरेको हो। यस पश्चात् देश-विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली संचालनमा ल्याउन सक्नेछन्।

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका छन्। सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ। सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका हुन्।

समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राधा पौडेल फाउन्डेसन संग “मर्यादित महिनावारी” सचेतनामा आधारित परियोजनाहरुमा सहकार्यका लागि सम्झौता गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा राधा पौडेल फाउन्डेसनकी संस्थापक राधा पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. पाँच लाख सहयोगको प्रतिबद्धता गरेको छ।

कार्यक्रममा अध्यक्ष हरि चन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १४ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरेका छन्। अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूर दृष्टि, ध्येय र मुल्य मान्यताहरुको अधीनमा रहि बैंकलाई सुदृढ, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरीकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

यसका साथै वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५, डल्लुस्थित बैंकको ११९ औं शाखाको औपचारिक उद्घाटन पनि गरेको छ। डल्लु शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रव कुमार उप्रेती र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् ।

डल्लु शाखा उद्घाटन पश्चात् उपत्यका र उपत्यकाबाहिर गरि ज्योति विकास बैंकको ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि