• होमपेज
  • बीमा
  • एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी

एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी

  • आइतवार, साउन ८, २०७९
एनएलजी इन्स्योरेन्स र ओएसआर फिन्टेकबीच समझदारी

निर्जीवन बिमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र बिमा एग्रेगेटर ओएसआर फिन्टेकबीच आइतबार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । एमओयूमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र ओएसआर फिन्टेकका चेयरम्यान राजेन्द्र अर्यालले हस्ताक्षर गरेका हुन ।

समझदारी अनुसार ओएसआर फिन्टेकले इन्स्योरेन्स एग्रेगेटरका रुपमा एनलएलजीको बीमा प्रडक्टहरुका लागि विद्युतीय प्लेटफर्म उपलब्ध गराउनुका साथै बिमा ब्रोकरको रुपमा उक्त कम्पनीको प्रडक्टहरुको मार्केटिङ गर्नेछ । एग्रेगेटर सेवाका लागि फिन्टेकले बिमामार्केट डट कम नामको वेबसाइट सुरु गर्दै छ ।

बिमा मार्केट नेपालकै पहिलो रियल टाइम अनलाइन पोलिसी जारी गर्ने एग्रेगेटर हो । यसमार्फत ग्राहकले हरेक बिमालेखको विस्तृत विवरण बुझ्न सक्छन् भने यसमा रियल टाइम क्लेम सुविधा उपलब्ध रहेको जनाईएको छ । जसले गर्दा बिमाका विषयमा बुझ्न खोज्ने व्यक्तिका लागि सातै दिन २४ सै घन्टा कल सेन्टरको व्यवस्था गरेको छ । यसमार्फत खरिद, बिक्री र दाबीमा तुरुन्तै पहुँच स्थापित गर्न सकिने कम्पनीको भनाइ छ । कम्पनीले लघुबिमालाई समेत लक्ष्य बनाएको छ ।

समझदारीअनुसार एग्रेगेटरले एनएलजीलाई एपीआई लिंक गर्दै रियल टाइम बाइङ सलुसन प्रदान गर्नेछ । त्यसैगरी एलजीका पोलिसीहरुको खरिदबिक्रीको समीक्षाका लागि डेडिकेटेड पोर्टल उपलब्ध गराउनेछ ।

ओएसआरले बिक्री भएका सबै पोलिसीको रियल टाइम ट्र्याकिङ, पोलिसी नवीकरणसम्बन्धी नोटिफिकेसन, ग्राहकलाई बीमा दाबी र एलएलजीका पोलिसी खरिदमा सहयोग समेत गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा