• होमपेज
  • विकास बैंक
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको “डिजि शाइ” सुरु

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको “डिजि शाइ” सुरु

  • शुक्रबार, असार २४, २०७९
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको “डिजि शाइ” सुरु

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई एकल विन्डो मार्फत विभिन्न प्रकारका नयाँ अनलाइन सेवाहरू प्रदान गर्ने अनलाइन वेब पोर्टल डिजि शाइन सुरु गरेको छ ।

डिजी शाइन वेब पोर्टल https://webservices.srdb.com.np/ मार्फत ग्राहकहरूले अनलाइन खाता खोल्न र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, डेबिट कार्ड, डिम्याट, र मेरो शेयर जस्ता सेवाहरूका लागि आवेदन दिन सक्नेछन् । ग्राहकहरूले मोबाइल र अनलाइन बैंकिङ, माई सेयर, सीआरएन नम्बर रजिष्ट्रेसन र जानकारी, क्यूआर कोड रजिष्ट्रेसन र पासवर्ड रिसेट, र डेबिट कार्ड दर्ता जस्ता निःशुल्क सेवाहरूको लागि पनि एउटै वेब पोर्टलबाट दर्ता गर्न सक्छन् । यस प्रकारको सेवाले आफ्ना ग्राहकहरुका लागि थप मूल्य अभिवृद्धि गर्नुका साथै डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिनेमा विकास बैंक आशावादी छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकले हाल भिसा नेटवर्कमा जडित कुनै पनि बैंक वा वित्तीय संस्थामा डेबिट कार्ड प्रयोग गरी निःशुल्क नगद झिक्ने सुविधा उपलब्ध गराउँदै आएको छ ।

बुटवल, रुपन्देही जिल्लामा मुख्यालय रहेको शाइन रेसुङ्गा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएका सबै निर्देशन र अन्य प्रचलित कानुन र नियमहरूको पालना गर्दै शहरी तथा ग्रामीण दुवै ग्राहकका लागि सहज वित्तीय पहुँचलाई प्राथमिकतामा राखेको छ । बैंकले हाल ५ प्रदेशमा ८४ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र १५ वटा एटिएम सञ्जाल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने छिट्टै विभिन्न स्थानमा थप २ वटा एटिएम टर्मिनल खोल्ने प्रक्रियामा छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा