• होमपेज
  • अटो
  • टीभीएसको ३ राइड मोड भएको अपाच्चे आरटीआर १६० ४भी नेपालमा सार्वजनिक

टीभीएसको ३ राइड मोड भएको अपाच्चे आरटीआर १६० ४भी नेपालमा सार्वजनिक

  • बिहिबार, असार ९, २०७९
टीभीएसको ३ राइड मोड भएको अपाच्चे आरटीआर १६० ४भी नेपालमा सार्वजनिक

जगदम्बा मोटर्सले टीभीएसको ३ वटा राइड मोड उपलब्ध भएको अपाच्चे आरटीआर १६० ४भीको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ।

टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले बिहीबार उक्त नयाँ आरटीआर १६० ४भी आरटीएफआई तथा युरो ६ मापदण्ड भएको नयाँ मोडल नेपालमा सार्वजनिक गरेको हो।

सो मोटरसाइकलको युरो ६ मापदण्ड भएको मोडलमा यस वर्गमै पहिलो र सबै भन्दा उत्कृष्ट ३ राइड मोडमा उपलब्ध हुने बम्पनीले जनाएको छ।

यसमा उपलब्ध हुने तीन वटा राइड मोडहरुमा रेन, अर्वन र स्पोर्ट रहेका छन्। जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि आवश्यकता अनुसार परिवर्तन गर्न सक्नेछन्। यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ।

यसैगरी यस मोटरसाइकलको अर्को पक्ष भनेको रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई) टेक्नोलोजी युक्त युरो ६ मापदण्डसहितको इन्जिन रहेको छ। आरटीएफआई भनेको फ्युल इन्जेक्सन प्रणालीले इलेक्ट्रोनिक कम्पोनेन्ट र सेन्सरहरूको कम्प्लेक्स सेट समावेश गर्ने टेक्नोलोजी हो।

यो प्रणाली इन्धनको प्रवाह नियन्त्रण गर्न इन्धन पम्पमा निर्भर हुन्छ। यो इन्धन पम्प बाइकको इन्धन ट्याङ्कीभित्र रहेको छ। आरटीएफआई टेक्नोलोजीयुक्त इन्जिनले माइलेजमा वृद्धि गर्छ भने युरो ६ मापदन्डको इन्जिन वातावरणमैत्री हुन्छ।

यस मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्नबाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिंग,लेन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन्। यसले यात्रा गर्दा अरु सामान्य मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने कम्पनीले दावी गरेको छ।

नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ यो बाइकको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि