• होमपेज
  • समाचार
  • हिमालयन डिष्टिलरीले समता शैक्षिक गुठीलाई दियाे पच्चीस लाख

हिमालयन डिष्टिलरीले समता शैक्षिक गुठीलाई दियाे पच्चीस लाख

  • मङ्लबार, जेष्ठ २४, २०७९
हिमालयन डिष्टिलरीले समता शैक्षिक गुठीलाई दियाे पच्चीस लाख

हिमालयन डिष्टिलरीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । डिष्टिलरीका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले गुठीका संस्थापक उत्तम कुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई एक कार्यक्रमबीच साे रकम हस्तान्तरण गरेकाे हाे ।

कम्पनीले आ.व.२०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई उक्त रकम सहयाेग गरेकाे जनाएकाे छ । कम्पनीले समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

समता शैक्षिक गुठीद्वारा अधिराज्यभर ८४ वटा विद्यालयहरु संचालन गरेको छ । जसमा कक्षा १ देखि स्नातकोत्तर सम्मका शैक्षिक कार्यक्रमहरु संचालित छन् र करिब ७० हजार विद्यार्थीहरु लाभान्वित भएको दावी उक्त गुठीको रहेको छ ।

यस गुठीले प्रति विद्यार्थी प्रति महिना १०० रुपैयाँमा मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरुलाई अध्यापन गराईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार