• होमपेज
  • समाचार
  • ग्लोबल आइएमई क्यापीटलले शुरु गर्यो ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ सेवा

ग्लोबल आइएमई क्यापीटलले शुरु गर्यो ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ सेवा

  • शुक्रबार, जेष्ठ १३, २०७९
ग्लोबल आइएमई क्यापीटलले शुरु गर्यो ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ सेवा

ग्लोबल आइएमई क्यापीटलले संस्थागत परामर्श सेवा अन्तर्गत ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ सेवा शुरु गरेको छ । उक्त सेवा अन्तर्गत जनता प्रसारण तथा प्रकाशनले आफ्नो व्यवसायलाई विस्तार गरी सर्वसाधारणको समेत सहभागि गराउने हेतुले  कम्पनी र ग्लोबल आइएमई क्यापीटलबीच ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ नामक सेवा उपलब्ध गराउने सम्बन्धमा दुबै पक्षबीच बिहिबार सम्झौता सम्पन्न भएको छ ।

ग्लोबल आइएमई क्यापीटलले ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ सेवा अन्तर्गत उद्यमशीलता विकासका लागि व्यक्तिगत तथा संस्थागत व्यवसायिक अवधारणालाई नेपाली व्यवसायिक बातावरणमा स्थापित गराउने योजना सहित संस्थागत परामर्श, लगानी प्रबद्र्धन तथा कारोवारको दायरा विस्तारसँग सम्बन्धित कार्यहरु अगाडि बढाउने छ ।

निकत भविष्यमा प्राइभेट इक्विटी/भेन्चर क्यापीटल सम्बन्धी कार्यहरु गर्ने योजना रहेको छ । साथै, नियमकिय व्यवस्था अन्तर्गत प्रबन्धपत्र, नियमावल लगायत अन्य कागजातहरु तयार गर्ने तथा व्यवसायिक लगानीकर्ता खोज्न सघाउ पुर्याउने कार्यहरु गरिने व्यहोरा जानकारी गराउन चाहन्छौं । त्यसैगरी क्यापीटलले ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ सेवा अन्तर्गत व्यवसायिक अवधारणालाई वास्तविकतामा परिणत गर्न आवाश्यक पर्ने संस्थागत परामर्श सेवा लगायतका सम्पूर्ण कार्यहरुमा मर्चेण्ट बैंकरको रुपमा सघाउ पुुर्याउन सहकार्य गर्ने जनाएको छ ।

साथै, क्यापीटलले उक्त जनता प्रसारण तथा प्रकाशनलाई निकट भविष्यमा नै सर्वसाधारणमा शेयर निष्काशन गर्न सक्ने गरी सम्पूर्ण सेवा उपलब्ध गराउने छ । ग्लोबल आइएमई क्यापीटले ‘विजनेश कन्सेप्ट टु लिसनिङ’ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई स्थापनादेखि आईपीओ जारी गरी लिसनिङ सम्मको कार्यलाई एकिकृत रुपमा सम्पूर्ण सेवा उपलब्ध गराउने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार