• होमपेज
  • समाचार
  • इसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर नियुक्त

इसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर नियुक्त

  • बुधबार, बैशाख २१, २०७९
इसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर नियुक्त

विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन्।

बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष बनाउने निर्णय गरेको छ। नवनियुक्त अध्यक्ष कुँवरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।

बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका कुँवरले सन् १९८६ देखि तत्कालीन ग्रिण्डलेज (हाल स्टाण्डर्ड चाटर्ड) बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए। त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स् बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यभार सम्हाल्दै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन्।

सन् २०२० जुलाईमा मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएका कुँवरले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिमसम्बन्धी तालिम दिँदै आएका छन्।

‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ। डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ। मैले इसेवाको कर्पोरेट गभर्नेन्स्, रणनीतिक मूल्य र कम्प्लायन्सको क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्नेछु,’ अध्यक्ष कुवँरले भने।

स्थापनाकालदेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका अस्गर अली भने बोर्ड अध्यक्षबाट राजीनामा दिएका छन्। अलीको राजीनामा कम्पनीको संचालक समितिले स्वीकृत गरिसकेको छ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा