• होमपेज
  • समाचार
  • ठुला राजनीतिक दललाई टक्कर दिदै स्वतन्त्र उम्मेदबार महत

ठुला राजनीतिक दललाई टक्कर दिदै स्वतन्त्र उम्मेदबार महत

  • बुधबार, बैशाख २१, २०७९
ठुला राजनीतिक दललाई टक्कर दिदै स्वतन्त्र उम्मेदबार महत

काठमाडौ जिल्लाको गोकर्णेश्वर नगरपालिकाभित्र चुनावी चर्चा मुख्य राजनीतिक दलहरुसगै स्वतन्त्र उम्मेदबारले देखाएको डरको पनि हुन थालेको छ । नेपाली काग्रेसवाट विद्रोह गरेर स्वतन्त्र निर्वाचनमा होमिएका जयराम महत यति बेला उक्त पार्टीसहित अन्य ठुला राजनीतिक दलका लागि पनि टाउँको दुखाई देखिएका छन् ।

वडा ४ अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकासँग महतले नेपाली काग्रेस र नेकपा एमाले समेतको भोट प्रभावित पार्न थालेपछि अन्य राजनीतिक दलहरु शशंकित हुन थालेका छन् ।

२०७४ सालमा नेपाली काग्रेसवाट बडा सदस्य जितेर यस पटकका लागि वडाअध्यक्षको तयारी गरेका महतले टिकट नपाएपछि पार्टीको सवै पदवाट राजिनामा दिएर स्वतन्त्र उम्मेदबारी दिएका थिए । बागमती प्रदेश काठमाडौँ ३ ख का सचिव रहेका उनले उक्त पदबाट राजीनामा दिई वडा नम्बर ४ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनी गत वर्ष लोकप्रिय मत ल्याएको र यो वर्षपछि बडामा भिजेको उम्मेदबार भएका कारण सवै राजनीतिक दलहरुलाई समस्या पर्ने नेकपा एमालेका एक स्थानीय नेताले बताए ।

चुनावी प्रचार प्रचारलाई तिव्रता दिएका महतले भने म यो वडालाई नगरपलिकाको उत्कृट वडा बनाउने योजना सहित म चुनावी मैदानमा होमिएको दावी गरेका छन् । ‘मैले हिजो पनि दल भन्दा माथि उठेर काम गरे भोलि पनि दल भन्दा माथि उठेर काम गर्ने छु’ उनले भने ‘अव म कुनै दलको हैन जनताको हो । जनताको काम गर्छु ।’

स्थानिय चुनावमा जनताले पार्टी नभै कामको आधारमा आफ्नो मुल्याङ्कन गर्ने हुनाले आफूले गरेको कामको आधारमा जित हात पार्ने उनको दावी छ ।
महत स्थानिय तहमा लोकप्रिय रहेको नेपाली काग्रेसका नेताहरुले पनि स्वीकार गरेका छन् । उक्त बडामा नेपाली काग्रेसका तर्फवाट ज्ञान कुमार श्रेष्ठ र नेकपा एमालेका तर्फवाट श्री कुमार श्रेष्ठ उम्मेदबार मैदानमा रहेका छन् । तर अहिले बडाभित्र चर्चा भने स्वतन्त्र उम्मेदवार महतको धेरै देखिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि