• होमपेज
  • समाचार
  •  ‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानीमा प्रयोगकर्तालाई  १०% भ्याट फिर्ता प्राप्त गर्न सकिने

 ‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानीमा प्रयोगकर्तालाई  १०% भ्याट फिर्ता प्राप्त गर्न सकिने

  • मङ्लबार, चैत्र २९, २०७८
 ‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तानीमा प्रयोगकर्तालाई  १०% भ्याट फिर्ता प्राप्त गर्न सकिने

भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको, खल्तीले  आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ। वर्ल्डलिंक र खल्ती दुबै मिलि नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन्।

१०% भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १. ५ % क्यासब्याक + रु. १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड GOCASHLESS प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १०% भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ ६,५०,००० वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ।  उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३% भ्याट को १०% भ्याट फिर्ता पाउने  छ। यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता  बर्गको हुनु पर्ने छ साथै वर्ल्डलिङ्क जडान पनि  उपभोक्ता बर्गको हुनु पर्ने छ अर्थात यो सुबिधा व्यवसायिक कार्य प्रयोजनको लागि दिईने छैन l

“यस सेवाले निश्चित रूपमा सबै नेपालीहरूमा वित्तीय समावेशीकरण ल्याउने हाम्रो दृष्टिकोणलाई अगाडी बढाउँने छ। यसका साथै हामी सरकार र अन्य निकायहरूसँग मिलेर थप सजिलो सेवा र सुविधाहरू ल्याउनका लागि नयाँ क्षेत्रहरूमा काम गर्नेछौं।”

“खल्तीले पेमेन्ट पार्टनरको हैसियतले वल्डलिङ्कका ग्राहकहरुलाई धेरै किसिमका क्यास्ब्यक अफरहरु दिईरहेको छ।  यस भ्याट फिर्ताको अफरले हाम्रो डिजिटल नेपालको साझा अभियानलाई अगाडी बढाउनेछ र साथै वर्ल्डलिङ्कका प्रयोगकर्ताहरुलाई पनि खल्ती मार्फत भुक्तानी गर्न प्रोत्साहन दिने छ। “

HYPERLINK “https://bit.ly/KhaltiDownload-PR”खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा