भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
नयाँ मूल्य सूचीअनुसार एलपी ग्यासमा मात्रै प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको छ । त्यसअनुसार प्रति सिलिण्डर ग्यासमा निगमलाई ९ सय ५३ रुपैयाँ ६६ पैसा घाटा छ ।
यस्तै, मट्टितेलको मूल्य २२ रुपैयाँ १८ पैसा बढेर आएको छ भने डिजेलको मूल्य स्थिर छ । पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेको छ । निगमले यसअघि २ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
नयाँ मूल्य सूचीका आधारमा निगमलाई प्रति महिना करिब १० अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको छ । २०७८/७९ मा मात्रै निगमले ३२ अर्ब रुपैयाँ नोक्सानी व्यहोरिसकेको छ ।