• होमपेज
  • वाणिज्य बैंक
  • २० औँ वार्षिकोत्सवको अवसरमा कुमारी बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले ल्यायो यस्ता योजना

२० औँ वार्षिकोत्सवको अवसरमा कुमारी बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले ल्यायो यस्ता योजना

  • शुक्रबार, चैत्र १८, २०७८
२० औँ वार्षिकोत्सवको अवसरमा कुमारी बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले ल्यायो यस्ता योजना

कुमारी बैंक लिमिटेडले चैत्र २० गते २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दैछ ।

वार्षिकोत्सवको अवसरमा बैंकले कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ।

यो प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले विभिन्न योजनाहरु ल्याएको छ ।

डेबिट र क्रेडिट कार्डको हकमा बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० गते कुमारी बैंक लिमिटेडको कार्ड मार्फत पिओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा रू २,१०० सम्म क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधा एटिएमबाट पैसा झिक्दा लागू हुनेछैन ।

पहिलो पटक मोवाइल टप अप वा पहिलो क्यु आर भुक्तानी गर्दा बैंकको वार्षिक उत्सवका अवसरमा कुमारी स्मार्ट मोवाइल बैंकिंग एप प्रयोग गरी पहिलो पटक मोवाइल टप अप गर्दा वा चैत्र २० गतेको दिन पहिलो भुक्तानी गर्दा अधिकतममा रू २१० सम्मको क्यासब्याक प्राप्त हुनेछ ।

कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर (सिम्रिक एयर) मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा रू १२,५०० छुट प्रदान गरिनेछ । यो छुटको प्रावाधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

त्यस्तै लक्की-ड्र मार्फत एक ग्राहकले दुबई भ्रमणको अवसर समेत पाउनेछन् । बैंकको वार्षिकोत्सवका दिनदेखि सात दिनभित्र कुमारी स्मार्ट मार्फत क्यु आर पेमेण्ट,फण्ड ट्रान्सफर अथवा मोवाइल टप अप गर्दा लक्की-ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमण उपलब्ध हुनेछ ।

लक्की-ड्र मार्फत छानिएका विजेताले तीन महिनाभित्रमा यस योजनाको उपभोग गर्नुपर्नेछ साथै विजेताले आफुसँग थप एकजनालाई भ्रमण्मा लिएर जान सक्नेछन ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा