• होमपेज
  • देश
  • नबिल बैंकले बौद्धनाथ स्तुपामा जडान गर्यो वातावरण मैत्री लुङ्गटा

नबिल बैंकले बौद्धनाथ स्तुपामा जडान गर्यो वातावरण मैत्री लुङ्गटा

  • आइतवार, चैत्र १३, २०७८
नबिल बैंकले बौद्धनाथ स्तुपामा जडान गर्यो वातावरण मैत्री लुङ्गटा

नबिल बैंकले बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान गरेको छ ।जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटालाई हटाएर वातावरण मैत्री लुङ्गटा राखेको छ ।

नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरुको विस्थापन गरी वातावरणमैत्री सामान प्रयोग गरेको बैंकले जनाएको छ ।

हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकी आङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमा शुरु गरेको वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउने उद्देश्यले उक्र कार्य गरेको बैंकले जनाएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसँद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, विश्व वन्यजन्तु कोष नेपँलका देश प्रतिनिधि डा. घन श्याम गुरुङ, सामाजिक अभिन्ता तथा गायिका आनि छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थितिमा गरिएको सो कार्यक्रममा सहभागिहरुले यो अभियानलाई व्यापक बनाउनु पर्नेमा जोड दिए ।

त्यस अवसरमा उपस्थित अतिथिहरुले वातावरणमैत्री मैत्री लुङ्गटामा हस्ताक्षर गर्दै नेपालमै उत्पादन भएको वातावरणमैत्री सामान प्रयोग गर्ने यो अभियानप्रति ऐक्यबद्धता जनाए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको जनाएको छ ।

बैंकले नियमित बैंकिङ गतिविधि अन्तर्गत पनि दीगो विकासलाई सहयोग पुग्ने कार्य गर्दै आएको छ । यसै वर्ष देखि शुरु गरेको नबिल दीगो बैंकिङ अन्तर्गत हरित उद्यम, कृषि, नविकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहन समेत गर्दै आएको छ । हरेक दीगोपनाको शुरुवात घरबाट हुन्छ भन्ने उद्घोषसहित शुरु भएको नबिल दीगो बैंकिङले समाजका विभिन्न क्षेत्र र व्यक्तिलाई जोड्ने र वातावरण संरक्षणमा विभिन्न योगदान गर्ने क्रियाकलापहरुलाई प्राथमिकतामा राखेको छ

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि