• होमपेज
  • समाचार
  • समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

  • आइतवार, फाल्गुन २२, २०७८
समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ । कम्पनीले एफपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको हो । आइतवार विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड र निष्कासनकर्ता कम्पनीविच एफपीओ विक्रीको सम्झौता भएको हो ।

साविक समता लघुवित्त वित्तीय संस्था र साविक घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडविच मर्जर प्रकृया सम्पन्न भई २०७८ साल बैशाख २ गतेदेखि एकिकृत कारोबार गरेका हुन । मर्जर पश्चात बनेको समता घरेलु लघुवित्तले शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासनका लागि आइतवार विक्री प्रबन्धक नियुक्त गरेको जानकारी दिएको छ ।

यी दुई कम्पनी मर्जर भएपश्चात रू. २८ करोड ५६ लाख २० हजार चुक्तापूँजी कायम भएको थियो । सो पूँजीको आधारमा गत वर्षको सञ्चित मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गरी रू. ३४ करोड २७ लाख ४४ हजार कायम भएको छ । कम्पनीको प्रबन्धपत्रमा भएको व्यवस्था अनुसार शेयर संरचना ७०ः३० कायम हुने गरी जारी हुन बाँकी २ लाख ८९ हजार ४४० कित्ता थप शेयर कम्पनीले जारी गर्ने तयारी गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार