• होमपेज
  • प्रविधि
  • ‘आइएमई पे’ स्क्यानबाट किराना खरिद गर्दा १० प्रतिशत छुट

‘आइएमई पे’ स्क्यानबाट किराना खरिद गर्दा १० प्रतिशत छुट

  • शुक्रबार, फाल्गुन १३, २०७८
‘आइएमई पे’ स्क्यानबाट किराना खरिद गर्दा १० प्रतिशत छुट

‘आइएमई पे’ ले आफ्नो प्रयोगकर्ताहरूको लागि डिपार्टमेन्टल स्टोरहरूमा किराना खरिद गर्दा १० प्रतिशत छुट अफर सार्वजनिक गरेको छ ।

उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गर्दा धेरै पसल र व्यापारीले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो । स्टोरहरूमा विभिन्न क्युआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि ‘आइएमई पे’ ले ‘स्क्यान एनि क्युआर’ अभियानमार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्युआर स्क्यान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुविधा ल्याएको छ ।

यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल ‘आइएमई पे’ मोबाइल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तानी गर्न मिल्छ । साथै, प्रयोगकर्ताहरूले यो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउछन् । छुट पाउने डिपार्टमेन्टल स्टोरहरूमा भाटभटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् । सोही क्याम्पियनमा ‘आइएमई पे’ मोबाईल वालेटमार्फत मात्रै १० प्रतिशत छुट (रु. १०० सम्म मात्र) प्राप्त गर्न सक्छन् ।

स्क्यान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आइडीले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १० प्रतिशत छुट पाउँछन् । यो अफर सीमित अवधिको लागि मात्र लागु हुने ‘आइएमई पे’ ले जानकारी दिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा