• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकका ग्राहकले नक्सालमा तरकारी किनेर क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक पाउने

सानिमा बैंकका ग्राहकले नक्सालमा तरकारी किनेर क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक पाउने

  • शुक्रबार, फाल्गुन १३, २०७८
सानिमा बैंकका ग्राहकले नक्सालमा तरकारी किनेर क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक पाउने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । अब बैंकका ग्राहकले नक्सालको तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्फत क्युआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको प्राप्त गर्ने भएको हुन् ।

यो योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्त सम्मका लागि लागू हुनेछ । नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग  क्युआर स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २ प्रतिशत वा अधिकतम रु २० तथा मासिक अधिकतम पाँच सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ । ग्राहकहरुले उबिथकतयचभरबउउकतयचभ बाट सानिमा सजिलो ई बैंकिङ्ग एप डाउनलोड गरी नजिकैको शाखाबाट कारोबार सुचारु गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार