• होमपेज
  • समाचार
  • स्थानीय चुनावको मिति तत्काल घोषणा गर्न माग गर्दै मन्त्री निवास अगाडि प्रदर्शन, सञ्चारमन्त्रीलाई कालोझण्डा

स्थानीय चुनावको मिति तत्काल घोषणा गर्न माग गर्दै मन्त्री निवास अगाडि प्रदर्शन, सञ्चारमन्त्रीलाई कालोझण्डा

  • मङ्लबार, माघ १८, २०७८
स्थानीय चुनावको मिति तत्काल घोषणा गर्न माग गर्दै मन्त्री निवास अगाडि प्रदर्शन, सञ्चारमन्त्रीलाई कालोझण्डा

स्थानीय तहको चुनावका लागि तत्काल मिति घोषणाको माग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले आज बिहान ललितपुरको पुल्चोकमा रहेको मन्त्री निवास अगाडि प्रदर्शन गरेको हो ।

साथै उनीहरुले चुनावको मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैनलगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले निवासबाट बाहिरिँदै गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा समेत देखाएका छन् ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनले आउँदो जेठभित्र स्थानीय तहको चुनाव गर्ने सहमति गरेका छन् । तर सरकारले अहिलेसम्म चुनावको मिति भने तय गरेको छैन । स्थानीय तहमा बहालवाला जनप्रतिनिधिको पदावधि जेठ ५ गते समाप्त हुँदैछ ।

Facebook Comments

सम्बन्धित समाचार