• होमपेज
  • समाचार
  • आज देशका पहाडी क्षेत्रमा मौसम बद्ली

आज देशका पहाडी क्षेत्रमा मौसम बद्ली

  • मङ्लबार, माघ १८, २०७८
आज देशका पहाडी क्षेत्रमा मौसम बद्ली

देशका पहाडी क्षेत्रमा मौसम बदलिएको छ ।
तराईमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरो दिउँसोपख हट्नेछ । आज दिउँसो प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । भोलि बेलुकादेखि यसको प्रभाव थप बढ्ने सम्भावना छ ।

भोलि बेलुकादेखि पश्चिमी वायुको प्रभाव थप बढ्दै जाने र पर्सि बिहीवार पश्चिम क्षेत्रमा तथा शुक्रवार देशैभर यसको प्रभाव रहने महाशाखाका मौसमविद् मञ्जु बासीले बताए । पश्चिमी वायुको प्रभावका कारण बिहीवार बेलुका र शुक्रवार हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चिसो पनि थप बढ्ने मौसमविद् बासीले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार