• होमपेज
  • समाचार
  • साल्ट ट्रेडिङका अध्यक्ष उद्योगी लक्ष्मीदास मानन्धरको निधन

साल्ट ट्रेडिङका अध्यक्ष उद्योगी लक्ष्मीदास मानन्धरको निधन

  • शुक्रबार, माघ ७, २०७८
साल्ट ट्रेडिङका अध्यक्ष उद्योगी लक्ष्मीदास मानन्धरको निधन

उद्योगी लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनी साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष थिए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कोषाध्यक्ष मानन्धर स्पष्ट वक्ताका रुपमा चिनिन्थें। मानन्धर निडर स्वभावका थिए।

उनले लामो समय साल्ट ट्रेडिङ लिमिटेडमा काम गरे। त्यही संस्थाको अध्यक्ष समेत भए। उनी चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष ईश्वरलाल मानन्धरका व्यावसायिक साझेदार हुन्। उनी महासंघमा मात्रै नभएर नेपाल चेम्बर अफ कमर्समा समेत सक्रिय थिए।

मानन्धरको निधनले समग्र व्यवसायीहरुले आफ्नो अभिभावक गुमाएको चेम्बरका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए।

‘हामी व्यवसायीले कुनै समस्या परे मानन्धरलाई सोध्ने गर्दथ्यौं। उहाँ प्रष्ट वक्ता हुनुहुन्थ्यो,’ श्रेष्ठले भने, ‘आफनो उमेर बिर्सेर सबैलाई समान व्यवहार गर्नु हुन्थ्यो।’ उद्योगीलाई कुनै समस्या आउने बित्तिकै उपाय निकाल्न सक्ने खुबी मानन्धरमा थियो। त्यही कारण पनि उनी उद्योगी व्यवसायीबीच प्रिय थिए।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि