• होमपेज
  • वाणिज्य बैंक
  • सिभिल बैंकको एघारौं वार्षिक साधारण सभा सम्पन्न

सिभिल बैंकको एघारौं वार्षिक साधारण सभा सम्पन्न

  • शुक्रबार, पुस ३०, २०७८
सिभिल बैंकको एघारौं वार्षिक साधारण सभा सम्पन्न

सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६५ नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले आ.व. २०७८/०७९ को लेखापरिक्षण गर्नको लागि “एन।बि।एस।एम।एण्ड एशोसियट्स” लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन)गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार