• होमपेज
  • वाणिज्य बैंक
  • सेञ्चुरी कमर्सियल बैंकको ६.०५ प्रतिशत लाभाशं प्रस्ताव परित

सेञ्चुरी कमर्सियल बैंकको ६.०५ प्रतिशत लाभाशं प्रस्ताव परित

  • शुक्रबार, पुस ३०, २०७८
सेञ्चुरी कमर्सियल बैंकको ६.०५ प्रतिशत लाभाशं प्रस्ताव परित

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा मिति २०७८ पौष ३० गते शुक्रबार सम्पन्न भएको छ । उक्त सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ संचालन भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा रु. ९,०३,४४,२९,५०२.५०÷– (अक्षरेपी नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार पाँच सय दुई रुपैयाँ पचास पैसा मात्र) मा ५.७५ प्रतिशतले हुन आउने रकम रु. ५१,९४,७९,६९६.३९ (अक्षरेपी रु. एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम रु. २,७३,४१,०३६.६५ (अक्षरेपी दुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा) बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७÷७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि