• होमपेज
  • समाचार
  • आज र भोली १३ वटा बैंकका एटिएम कार्ड नचल्ने

आज र भोली १३ वटा बैंकका एटिएम कार्ड नचल्ने

  • सोमवार, पुस २६, २०७८
आज र भोली १३ वटा बैंकका एटिएम कार्ड नचल्ने

आज सोमबार र मंगलबार बैंकहरुको एटीएम कार्ड नचल्ने भएका छन् । स्मार्टच्वाइस टेक्नोलोजिज प्रणालीमा आवद्ध भएका १३ वटा बैंकहरुको एटीएम कार्ड नचल्ने भएको हो । स्विचिङ्ग सिस्टम अपग्रेड गर्नुपर्ने भएकोले स्मार्टच्वाइस टेक्नोलोजिजमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुद्धारा सञ्चालनमा रहेका SCT-UPI कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम सेवा बन्द रहने जनाएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले जारी गरिएको सूचनामा भनिएको छ– यस कम्पनीको स्विचिङ्ग सिस्टम अपग्रेड गर्नुपर्ने भएकोले यदि पुस २६ गते र २७ गते यस संस्थामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुद्धारा सञ्चालनमा रहेका SCT-UPI कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम सेवा बन्द रहनेछन् ।

दुई दिनसम्म एटीएम कार्ड नचल्ने बैंकहरुमा कृषि विकास बैंक, सिभिल बैंक, एभरेष्ट बैंक, ग्लोवल आईएमई बैंक, हिमालयन बैंक, मेगा बैंक, नबिल बैंक, एनएमबि बैंक र प्रभु बैंक रहेका छन् । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । त्यसैगरि १३ वटा फाइनान्स कम्पनीको एटीएम समेत दुई दिनसम्म नचल्ने भएका छन् ।

हेर्नुहोस् सूचना

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि