• होमपेज
  • मनोरञ्जन
  • विधि, गर्भ, लक्ष्य र यसस्वीले जिते फेश अफ द माडवारी किड्सको उपाधि

विधि, गर्भ, लक्ष्य र यसस्वीले जिते फेश अफ द माडवारी किड्सको उपाधि

  • आइतवार, पुस २५, २०७८
विधि, गर्भ, लक्ष्य र यसस्वीले जिते फेश अफ द माडवारी किड्सको उपाधि

पछिल्लो समय माडवारी समुदाय पनि सौन्दर्य प्रतियोगितामा क्रियाशिल भएका छन् । यसै क्रममा माडवारी समुदायकै ६ देखि १३ वर्ष उमेरका जुनियर र सिनियर प्रिन्स एन्ड प्रिन्सेसका लागि भएको बालबालिकाहरु बीच भएको प्रतियोगिता ‘फेश अफ द माडवारी किड्स २०२१’ को उपाधि चार फरक उमेरबाट विधि अग्रवाल, गर्भ वाहेटी, लक्ष्य अग्रवाल र यसस्वी खेम्बा गरी चार जनाले जितेका छन् ।
पेज थ्रि प्रा.लि.ले शनिबार बेलुका काठमाडौंमा आयोजना गरेको यो प्रतियोगितामा फस्ट रनर अपको उपाधि पिहु चाचन, भियोम शर्मा, कुश तिब्रेवाल र अंशिका मित्रुकाले हाँसिल गरे । यस्तै सेकेन्ड रनरअपको उपाधि आध्या अग्रवाल, गगन बँशल, मेदान्स अग्रवाल, विधिका अग्रवले प्राप्त गरे ।

बीरगञ्जका मेयर विजय सरावगीको प्रमुख आतिथ्य, मिस नेपाल नम्रात श्रेष्ठ र हास्य अभिनेता निर्मल शर्माको विशेष आतिथ्यमामा सम्पन्न सो प्रतियोगिता अन्य विभिन्न उपाधिका लागि बालबालिकाबीच प्रतिस्पर्धा भएको थियो । जसमा मस्ट क्युट चाईल्डको उपाधि नाभिका अग्रवाल र शिवान्स खेतानले प्राप्त गरे । कन्फिडेन्ट चाईल्डको उपाधि कृतिम चाचन, भिहान मिन्डाले, बेस्ट वाकको उपाधि साईना अग्रवाल, लक्ष्य अग्रवाल, तेजेस पोद्दार र अंशिका मित्रुकाले, डिसिप्लेनको अवार्ड दिया अग्रवालले, मोस्ट स्टाईलिस्टको अवार्ड जुयान्स तिब्रेवाल, वान्सिका जोधानीले हाँसिल गरे ।

बालबालिकासँगै अभिभावक पनि ¥याम्पमा उत्रिएका सो प्रतियोगिताको अन्य उपाधि मध्य ब्युटीफुल स्माईलको उपाधि विधि शाह र गर्व बहेटीले, बेस्ट पर्फमरको उपाधि आस्ना अग्रवाल, पिहु चाचनले, ट्यालेन्टको उपाधि आरध्य अग्रवाल, गगन बँशल, गौतम अग्रवाल र यसश्वी खेम्काले, बेस्ट पर्सनालिटीको अवार्ड खुस तिब्रेवाला, आध्या शर्मा, जयदेव बँशल र आध्या अग्रवालले प्राप्त गरे ।

यसै गरी फोटोजेनिक अवार्ड विधि अग्रवाल, भियोम शर्मा र विधिता अग्रवालले , अर राउन्डर किडको अवार्ड रियन्स मित्रुका र मानस्वि खेम्काले, मिस बब्लीको अवार्ड दिब्यँका शर्मा र अमरिया अग्रवालले, मोस्ट पपुलर अवार्ड आयुशी अग्रवाल, मयँक गोयल, अन्सुल अग्रवाल र रुट्भी अग्रवालले प्राप्त गरेका छन् ।

सो कार्यक्रममा कविता नेपाली सहित विभिन्न कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । यो मिनपचासको बिदामा माडवारी समुदायका बालबालिकालाई उनीहरुको प्रतिभा प्रस्तुत गराउन बिगत झैं यसपटक पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजक रेखाले बताईन् । म्याजिक फुडवेरको सहकार्यमा सो प्रतियोगिता सम्पन्न भएको थियो ।

चर्चित फेशन डिजाईनर रेखा मोदी मित्रुकाले आयोजना गरेको सो प्रतियोगिताको कोरियो ग्राफी कोरियोग्राफर एवम् अभिनेता दिक्पाल कार्की र पुनम बर्माले गरेका थिए । कार्यक्रमको निर्णायकमा चर्चित उधोगपति राजेन्द्र खेतान, अभिनेत्रीद्धय केकी अधिकारी, शुभेच्क्षा खड्का र अर्चना सायदा थिए ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि