• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंक र इजिलिंङ्क रेमिट्यान्स बीच सम्झोता

महालक्ष्मी विकास बैंक र इजिलिंङ्क रेमिट्यान्स बीच सम्झोता

  • बिहिबार, पुस २२, २०७८
महालक्ष्मी विकास बैंक र इजिलिंङ्क रेमिट्यान्स बीच सम्झोता

ग्राहकहरुलाई सरल,सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि. ले ग्राहकहरुलाई रेमिटेन्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंङ्क रेमिट्यान्स प्रा. लि. सँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्स प्रा. लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गर्नुभएको हो । यस सम्झौता पश्चात ग्राहक महानुभावहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानल मार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इजिलिङ्क रेमिट्यान्स मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैकले हालसम्म २६ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसका साथसाथै रेमिटेन्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दति योजना संचालनमा ल्याएको छ । हाल यस योजना अन्तर्गत ११.२५ प्रतिशत वार्षिक व्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक ः महालक्ष्मी विकास बैंक रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि