• होमपेज
  • वाणिज्य बैंक
  • सिभिल बैंकले मनायो एघारौं वार्षिकोत्सव

सिभिल बैंकले मनायो एघारौं वार्षिकोत्सव

  • शुक्रबार, मंसिर १०, २०७८
सिभिल बैंकले मनायो एघारौं वार्षिकोत्सव

सिभिल बैंकले विविध कार्यक्रमहरुको आयोजना गरीे एघारौं वार्षिकोत्सव मनाएको छ । बैंकले  संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीका साथै विविध कार्यक्रमहरुको आयोजना गरीे एघारौं वार्षिकोत्सव मनाएको हो ।

बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरुमा समेत बिभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिग सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग “एक घण्टी झ्याप्प पेमेन्ट” सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरेका छन् ।

उक्त अवसरमा बैंकले विभिन्न ठाउँमा रक्तदान कार्यक्रम, जेहन्दार छात्रालाई छात्रवृति, प्रायोरीटि बैंकिग सेवाको उद्घाटन, कल सेन्टर सेवाको उद्घाटन, मिस्ड कल बैंकिंग “एक घण्टी झ्याप्प पेमेन्ट” सेवाको शुभारम्भ, सिभिल बैंक ईन्टरनेशनल भर्चुयल डलर कार्ड सेवाको शुभारम्भ, सिभिल भर्चुयल एसिस्टेन्ट “सिभा”को शुभारम्भ गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार