• होमपेज
  • समाचार
  • पोखरामा यस्तो बन्यो केवलकार, अंग्रेजी नयाँ वर्षमा चढ्न पाइने, भाडा कति हेर्नुहोस

पोखरामा यस्तो बन्यो केवलकार, अंग्रेजी नयाँ वर्षमा चढ्न पाइने, भाडा कति हेर्नुहोस

  • शनिबार, मंसिर ४, २०७८
पोखरामा यस्तो बन्यो केवलकार, अंग्रेजी नयाँ वर्षमा चढ्न पाइने, भाडा कति हेर्नुहोस

पोखरामा निर्माण भईरहेको अन्नपुर्ण केवलकार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नोभेम्बरको अन्तिमबाट डिसेम्बर पहिलो हप्तामा सबै काम सकेर गोण्डला सेदीबाट सराङकोट पुर्याएर परिक्षणको लागि केवलकारले तयारी गरिरहेको छ । सर्वसाधारणहरुलाई व्यवसायिक रुपमा आगामी जनवरी १ अर्थात अंग्रेजी नयाँबर्ष देखि संचालन गर्ने तयारी भईरहेको जनाइएको छ ।
अहिले जापानस्थित निपोन कम्पनीले प्राविधिक तर्फको अन्तिम काम गरिरहेको अन्नपुर्ण केवलकार प्रालि का संचालक मध्येका एक तिर्थराज त्रिपाठीले बताउनुभयो ।
केवलकार पोखरा १८ सेदी देखी चढेर सराङकोटमा पुग्न सकिन्छ । अन्नपूर्ण केवलकारसेदी देखी सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दुरीको हुने छ ।  सराङकोटको टावर १ हजार ५ सय १५ मिटरको उचाईमा हुने छ । तल्लो स्टेशन समुद्री सतहदेखि ८ सय ७० मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ ।
१८ वटा गण्डोला (डिब्बा) ले सर्वसाधारणलाई ओसार्ने छन् । प्रत्येक डिब्बामा आठजना यात्रुको क्षमताको हुने उहाँको भनाई रहेको छ । केवलकारमा प्रतिघण्टा पाँच सय यात्रु आउजाउ गर्न सक्ने छन् ।
केवलकारमा स्वदेशी पर्यटकलाई ६ सय रुपैया भाडादर तोकिएको छ । केवलकारमा विद्यार्थी र जेष्ठनागरिकलाई भने छुटको व्यवस्था रहेको
संचालक त्रिपाठीले बताउनुभयो ।
केवलकार निर्माणले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उहाँको दावी छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुने बताइएको छ ।
Facebook Comments

सम्बन्धित समाचार