• होमपेज
  • विकास बैंक
  • कामना सेवा विकास बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्विचमा आबद्ध

कामना सेवा विकास बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्विचमा आबद्ध

  • शनिबार, मंसिर ४, २०७८
कामना सेवा विकास बैंक एनसीएचएलको नेशनल पेमेन्ट स्विचमा आबद्ध

कामना सेवा विकास बैंक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालनमा ल्याएको पहिलो चरणको नेशनल पेमेन्ट स्विचमा आबद्ध भएको छ।

यससम्बन्धी सम्झौतापत्रमा कामना सेवा विकास बैंक र एनसीएचएलबीच आज हस्ताक्षर भएको हो। सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु तथा कार्यकारी निर्देशकहरुसहित अधिकारीहरुको सहभागिता थियो।

ग्राहकले एउटा प्रणालीमार्फत आईपीएस, कनेक्टआईपीएस, क्यूआर र अन्य डिजिटल इकोसिस्टमजस्ता सेवा र रकम ट्रान्सफर गर्न पाउनेछन्।

यसका साथै यस प्रणालीमा आबद्ध भएपश्चात ग्राहकले पहिलो चरणमा मोबाइल बैंकिङ, ई–बैंकिङ, ई–वालेट र क्यूआरबाट गरिने भुक्तानी नेसनल पेमेन्ट स्विचमार्फत गर्न सक्नेछन्।

Facebook Comments

सम्बन्धित समाचार