• होमपेज
  • बीमा
  • सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क एक अर्ब ११ करोड

सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क एक अर्ब ११ करोड

  • बुधबार, मंसिर १, २०७८
सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क एक अर्ब ११ करोड

सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ३३.४१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ८३ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको खुद नाफा समेत सुधार आएको छ । कम्पनीको खुद नाफा ११.८० प्रतिशतले बढेर ११ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १० करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १३९ रुपैयाँ २६ पैसा छ ।

कम्पनीको जगेडा कोषमा ९७ करोड ७३ लाख रुपैयाँ, जीवन बीमा कोषमा ११ अर्ब ५१ करोड रुपैयाँ र महाविपत्ती कोषमा १६ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट २२ करोड ९३ लाख रुपैयाँ र बीमालेखको धितोमा कर्जाबाट ३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

असोज मसान्तसम्म कम्पनीले अभिकर्ता कमिशनवापत १३ करोड ५६ लाख रुपैयाँ, सेवा शुल्क शीर्षकमा एक करोड ११ लाख रुपैयाँ खर्चेको छ ।

कम्पनीले यस अवधिसम्ममा एक हजार ९१३ वटा बीमा दावीवापत १९ करोड ३१ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार