• होमपेज
  • बीमा
  • आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पीकमि बिच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पीकमि बिच सम्झौता

  • मङ्लबार, कार्तिक ३०, २०७८
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पीकमि बिच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पीकमि बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पीकमि का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात पीकमि का चालक र पीकमि प्रयोग गर्ने सबै ग्राहक महानुभावहरुको रु. १,००,०००÷– (अक्षेरुपी एक लाख) सम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ ।

सम्झौता पत्रमा हस्ताक्षर पश्चात पीकमिका अध्यक्ष प्रसन्न अधिकारीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट पीकमिका चालक तथा ग्राहकको बीमा गराउन पाएकोमा खुशी व्यक्त गर्दै कम्पनीको तर्फबाट चालक तथा पीकमि ग्राहकलेride sharing, food delivery, logistic support, mart एउटै एप बाट गर्ने व्यवस्था रहेको र सो एप Playstore तथा App Store बाट डाउनलोड गर्न सकिने व्यहोरा जानकारी गराउनु भयो ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले पीकमिका चालक र ग्राहक महानुभावहरुलाई कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा पीकमिका अध्यक्ष लगायत पीकमि टिमलाई धन्यवाद दिनु हुँदै पीकमि प्रयोग गर्ने चालक र सबै ग्राहक महानुभावहरुलाई दुर्घटना बीमा गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उक्त अवसरमा श्रेष्ठले कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने व्यहोरा जानकारी गराउँदै ढुक्क भएर बीमा सेवा लिन पनि सबैमा आग्रह गर्नुभयो ।

 

Facebook Comments

सम्बन्धित समाचार