• होमपेज
  • प्रविधि
  • डिशहोमले ग्राहकलाई १० एमबीपीएस इन्टरनेट निःशुल्क दिने

डिशहोमले ग्राहकलाई १० एमबीपीएस इन्टरनेट निःशुल्क दिने

  • सोमवार, कार्तिक २९, २०७८
डिशहोमले ग्राहकलाई १० एमबीपीएस इन्टरनेट निःशुल्क दिने

नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ ।

कम्पनीले यसअघिनै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो ।

गत साउनदेखि रोकिएको यो प्याकेज आजदेखि पुनः सञ्चालनमा ल्याइएको डिशहोमका जेनरल म्यानेजर रमेश सापकोटाले बताए ।

यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपैयाँ (भ्याटसहित) मा डिशहोम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँच सय रुपैयाँ (भ्याटसहित) मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्नसक्ने छन् ।

डिशहोमका २० लाख ग्राहकसँगै नयाँ कनेक्सन लिएका सबैले यो सुविधा पाउनेछन् । हाल देशका मुख्य सहरहरूमा डिशहोमको फाइबरनेट सेवा पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि