• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेन्ट बैंकको दुई नयाँ शाखा सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंकको दुई नयाँ शाखा सञ्चालन

  • सोमवार, कार्तिक २९, २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको दुई नयाँ शाखा सञ्चालन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै झापाको दमक नगरपालिका वडा नं. ६ दमक बजार तथा दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १०, नारायणपुरमा शाखा संचालनमा ल्याएको सहर्ष जानकारी गराउन चाहन्छौं ।

बैंकले सोमबार दुबै शाखाबाट बैंकिङ्ग कारोवार शुरु गरेको छ । दमक र नारायणपुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०४ पुगेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Facebook Comments

सम्बन्धित समाचार