• होमपेज
  • अर्थ/वाणिज्य
  • सनराइज बैंकले सात प्रतिशत लाभांश दिने

सनराइज बैंकले सात प्रतिशत लाभांश दिने

  • मङ्लबार, कार्तिक २३, २०७८
सनराइज बैंकले सात प्रतिशत लाभांश दिने

सनराइज बैंकले गत बर्षको नाफाबाट सात प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

बैंकको अहिले चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि चुक्ता पुँजी ६३ करोड ९ लाख रुपैयाँले बढ्ने छ।

बैंकको लाभांश दर पोहोरभन्दा घटेको हो। पोहोर बैंकले ८.२८ प्रतिशत लाभांश दिएको थियो। बैंकले पछिल्लो १० बर्षमा सर्वाधिक ३३.३३ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ।

Facebook Comments

सम्बन्धित समाचार