• होमपेज
  • बीमा
  • आइएमई जनरल इन्स्योरेन्स र ‘पीक मी’बिच बीमा सेवा सम्बन्धि सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ‘पीक मी’बिच बीमा सेवा सम्बन्धि सम्झौता

  • सोमवार, कार्तिक २२, २०७८
आइएमई जनरल इन्स्योरेन्स र ‘पीक मी’बिच बीमा सेवा सम्बन्धि सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ‘पीक मी’बिच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ‘पीक मी’का अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात ‘पीक मी’का चालक र ‘पीक मी’ प्रयोग गर्ने सबै ग्राहकको एक लाखसम्मको दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ । उक्त अवसरमा कम्पनीले आवश्यक पर्ने सबै किसिमको निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गर्ने र ढुक्क भएर बीमा सेवा लिन भनिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार