• होमपेज
  • बीमा
  • सूर्या लाइफको बार्षिक सम्मान कार्यक्रम पोखरामा सम्पन्न

सूर्या लाइफको बार्षिक सम्मान कार्यक्रम पोखरामा सम्पन्न

  • शनिबार, कार्तिक २०, २०७८
सूर्या लाइफको बार्षिक सम्मान कार्यक्रम पोखरामा सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७७/०७८ मा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता / एजेन्सी मेनेजर, शाखा कार्यालय तथा कर्मचारीहरुको सम्मानार्थ आयोजित दुई दिने बिशेष समारोह पोखरामा हालै सम्पन्न भएको छ  ।

कार्यक्रमको पहिलो दिन शाखा कार्यालयका प्रमुख, विभागीय तथा क्षेत्रीय प्रमुखहरुलाई बिशेष तालिम प्रदान गरियो । तालिममा जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाउनु भएका सफल बीमा बिज्ञ तथा कम्पनीका संचालक  विवेक झाज्यूले क्षमता बृद्धि तथा बजार ब्यवस्थापन सम्बन्धी मुलभुत तालिम तथा अभिप्रेरणा प्रदान गरेका थिए  ।

साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खडकाले मानव संशाधन तत्व अर्थात जनशक्ति कुनैपनि ब्यवसायको मेरुदण्ड रहेकोले विभागीय तथा क्षेत्रीय प्रमुखहरुलाई आफ्नो कार्यदक्षता कायम राख्न स्वअध्ययन र बिशेष तयारीका साथ आफ्ना मातहतका कर्मचारी तथा अभिकर्ताहरुलाई नियमितरुपमा तालिम तथा उत्प्रेरणा दिन आवश्यक रहेको प्रष्ट्याएका थिए । कार्यक्रमको दोश्रो दिन कम्पनीको संचालक समितिका अध्यक्ष  केशव प्रसाद भट्टराईले पानसमा दियो बालि बिशेष सम्मान कार्यक्रमको उदघाटन गरेका थिए  ।

उक्त कार्यक्रममा आ.ब. २०७७/०७८ का उत्कृष्ट २५ अभिकर्ता, उत्कृष्ट २५ एजेन्सी मैनेजर र २०२०÷२०२१ मा MDRT बन्न सफल अभिकर्ताहरुलाई बिशेष सम्मान गरेको थियो  ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि