• होमपेज
  • समाचार
  • कृषि विकास बैंकका अध्यक्ष निराैलाले दिए राजीनामा

कृषि विकास बैंकका अध्यक्ष निराैलाले दिए राजीनामा

  • सोमवार, कार्तिक १५, २०७८
कृषि विकास बैंकका अध्यक्ष निराैलाले दिए राजीनामा

कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निराैलाले पदबाट राजीनामा दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्ष नियुक्त गरेकाे थियाे ।

सरकारले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् । राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशक समेत रहेका निरौलालाई गठबन्धन सरकारले हटाएर अर्काे अध्यक्ष नियुक्त गर्ने तयारी गरेकाे थियाे ।

नेपाल सरकारकाे बहुमत शेयर रहेकाे बैंकमा सरकारले आफू निकट व्यक्ति नियुक्त गर्ने गरेको छ । निराैलाले आफूले राजीनामा दिएको स्वीकार गरे । उनले भने, ‘सरकारबाट मार्ग प्रशस्त गर्न भनिएको थियाे, मैले मार्ग प्रशस्त गरिदिएँ ।’ उनले गत शुक्रबार नै सरकारलाई राजीनामा बुझाएका थिए । अर्थमन्त्रालय श्राेतका अनुसार नयाँ अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार