सानिमा बैंकले १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ। बैंकको १७औं वार्षिक साधारणसभाबाट यो प्रस्ताव पारित भएको हो।
साधारणसभाले संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा केशवप्रसाद आचार्य निर्वाचित भएका छन्।
पौडेल र थापा पुन निर्वाचित भएका हुन्। बैंक अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा साधारणसभा भएको थियो ।