• होमपेज
  • मनोरञ्जन
  • पोखराबाट सार्वजनिक गरियो केकी र दीपेन्दको ‘सुनको महल’

पोखराबाट सार्वजनिक गरियो केकी र दीपेन्दको ‘सुनको महल’

  • मङ्लबार, अशोज १९, २०७८
पोखराबाट सार्वजनिक गरियो केकी र दीपेन्दको ‘सुनको महल’

नेपाली गीतसंगीतका गायक, मोडल तथा सर्जक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक गरिएको छ । मंगलबार पोखराको ‘मिडटाउन’मा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो ।
गीतमा दीपेन्द्र बुढा ठकुरीको स्वर रहेको छ भने भिडियोमा पनि मुख्य अभिनय गरेका छन् । यस्तै गीतमा संगीत र एरेन्जको काम अर्जुन थापाले गरेका छन् भने भिडियोमा निर्देशन पनि अर्जुन कै रहेको छ । कार्यक्रममा गायक दीपेन्द्रले गीतसंगीतमा पहिल्यै देखी रुचि भएपनि यस गीत आफ्नो पहिलो म्युजीक भिडियो भएको बताए । भिडियोमा हेलिकप्टर देखी मंहगा लोकेसनमा छायांकन गरेको देखिन्छ । यसै बिषयमा सञ्चारकर्मिहरुको प्रश्नमा निर्माता समेत रहेका दीपेन्द्र भन्छन्, ‘मैले यस भिडियोमा निर्माताको नजरबाट पनि कुनैपनि कमि हुन दिएको छैन । सकेसम्म राम्रो बनाउँ भनेर लागेका हौं । कस्तो लाग्छ दर्शकले भन्नुहुनेछ ।’ दीपेन्द्रका अनुसार भिडियो निर्माण देखी प्रमोशनसम्म गर्दा झण्डै १३ लाख खर्च भइसकेको छ ।
निर्देशक अर्जुनले पनि आफ्नो टिमले सक्दो मिहिनतका साथ काम गरेको बताए । राती अबेरसम्मको छायांकनमा पनि कलाकारसँगै प्राविधिक टिमको मिहिनतले भिडियो राम्रो बनेको अर्जुनले बताए । ‘कलाकार र प्राविधिक दुबैको पाटो उत्तिकै महत्पुर्ण हुन्छ । सबैबाट एकदम खुसी छु ।’ अर्जुनले भने । ‘निर्माताको हिसाबबाट दीपेन्द्र जिले कुनै कम्प्रमाइज गर्नुभएको छैन र कलाकारहरुले पनि उत्तिकै मिहिनत गर्नुभएको छ ।’ भिडियोमा वरिष्ठ कलाकार निर शाह र लोकप्रिय नायिका केकी अधिकारीको पनि मुख्य अभिनय रहेको छ । भिडियोमा सुशिल डाँगीको छायांकन रहेको छ भने विवेक सुनारले सम्पादन गरेका हुन् । भिडियोको निर्मात्री मिना श्रेष्ठ हुन् ।
भिडियो सार्वजनिक कार्यक्रममा नायिका केकी स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट कुराकारी गराइएको थियो । भर्चुअल माध्यमबाट केकीले भिडियोमा काम गर्दाका अनुभव साटेकी थिइन् । साथै आफ्नो स्वास्थ्यमा समस्या आएकाले पोखरा उपस्थित हुन नसकेको पनि जानकारी गराइन् । उनले भनिन्, ‘कार्यक्रममा भौतिक रुपममै उपस्थित हुन मन थियो तर फिबर भएकाले आउन सकिन्, गीतको भिडियोमा हामी कलाकारसँगै प्राविधिक टिमले निकै मिहिनत गरेको छ, दर्शकलाई पक्कै मनपर्छ ।’ केकीले दीपेन्द्र र अर्जुनको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यक्रमको गोपिकृष्ण चापागाईंले सहजीकरण गरेका थिए । भिडियो ओ.एस.आर. डिजिटलको युट्युवमार्फत सार्वजनिक गरिएको छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि