• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर बीच छुट सम्झौता

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर बीच छुट सम्झौता

  • सोमवार, अशोज १८, २०७८
सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर बीच छुट सम्झौता

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रालीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एबं  कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रालीको विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार