• होमपेज
  • समाचार
  • प्रभु क्यापिटलको डबल धमाका अफर, १ रुपैयाँमा डिम्याट खाता र सेयर बजारको आधारभूत तालिम

प्रभु क्यापिटलको डबल धमाका अफर, १ रुपैयाँमा डिम्याट खाता र सेयर बजारको आधारभूत तालिम

  • सोमवार, अशोज १८, २०७८
प्रभु क्यापिटलको डबल धमाका अफर, १ रुपैयाँमा डिम्याट खाता र सेयर बजारको आधारभूत तालिम

प्रभु क्यापिटलले दसैं लक्षित डबल धमाका अफर सार्वजनिक गरेको छ। यो योजनामा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्नुका साथै सेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालिम पनि प्रदान गरिने क्यापिटलले जनाएको छ।

प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तर्गत छनौट गरिनेछ। दैनिक विजेताहरुको सूची एक दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिनेछ।

यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोली सकेपछि १९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने क्यापिटलले जनाएको छ।

यसरी हप्ताभरी छनौट भएका ७० जना भाग्यमानी ग्राहकहरुलाई हरेक शनिबार सेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्ने क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले बताए।

तालिममा नेपालको सेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित आधारभुत फण्डामेन्टल तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यानदिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु समावेस गरिने उनले जानकारी दिए।

योजनामा सहभागी हुन नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटमा गइ अनलाइन माध्यमबाट डिम्याट खाताको लागि आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ।

रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनैपनि वालेट प्रदान गर्नुपर्नेछ। यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ।

यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क गरिने पनि क्यापिटलले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार