• होमपेज
  • समाचार
  • नयाँ बसपार्कमा लोत्से मल निर्माण

नयाँ बसपार्कमा लोत्से मल निर्माण

  • शुक्रबार, अशोज १, २०७८
नयाँ बसपार्कमा लोत्से मल निर्माण

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गरिएको लोत्से मलको शुभारम्भ गरिएको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिको रु एक अर्ब २५ करोडको लगानीमा निर्माण गरिएको लोत्से मलको आज प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो ।

सो अवसरमा अध्यक्ष कुँवरले अस्तव्यस्त रहेको नयाँ बसपार्कलाई व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको बनाउन अव्यवस्थित टहरा हटाएर सुविधासम्पन्न मल निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले लिएको लक्ष्यअनुसार नयाँ बसपार्कलाई सभ्य र भव्य बसपार्क बनाउन लोत्से बहुउद्देश्यीय प्रालि लागेको छ ।”

नयाँ बसपार्कलाई २४ सैँ घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि लोत्से बहुउद्देश्यीय प्रालि लागेको अध्यक्ष कुँवरको भनाइ छ । उहाँले देशको समृद्धिका लागि व्यवसायीलाई निर्धक्कसँग लगानी गर्नसमेत आग्रह गर्नुभयो ।

लक्ष्मी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत भट्टराईले भूकम्प, नाकाबन्दी र कोरोनाका बीच पनि नयाँ बसपार्कमा अत्याधुनिक सुविधासम्पन्न लोत्से मल निर्माण हुनु खुशीको कुरा भएको बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले नयाँ बसपार्कभित्र हुने आपराधिक घटनाका विरुद्धमा प्रहरी कठोर भएर उभिने बताउनुभयो । कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौला, कान्तिपुर मल व्यापार सङ्घका अध्यक्ष जितबहादुर कटुवाल, लोत्से मलका व्यापारी रमेश गौतमलगायतले देशको सातै प्रदेश जोड्ने नयाँ बसपार्कलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यस्तै, आजै नयाँ बसपार्कमा निर्माण गरिएको प्रविधिमैत्री टिकट काउण्टर र हाइजेनिक खाना तथा खाजा खाने ठाउँको समेत शुभारम्भ गरिएको छ । काठमाडौँ महानगरपालिका र लोत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्र एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन देशभरका ६५ भन्दा बढी जिल्लाबाट आवतजावत गर्दै आएका छन् ।

काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित विष्णुमति किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो । झण्डै १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङसहित निर्माण गरिएको लोत्से मल आठ तले रहेको छ ।

मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुराँ, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू बाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिनुभयो ।

यस्तै, बैंक, वित्तीय संस्था, सहकारी, सैलुनलगायतका पसलसमेत मलभित्र सञ्चालनमा रहेका छन् । उक्त मलभित्र छवटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट रहेका छन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको छ । लोत्सेले हाल ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको महाप्रबन्धक कुँवरले बताउनुभयो ।

विसं २१०२ सम्म लोेत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क सञ्चालन गर्न पाउने गरी सम्झौता भएको छ । सम्झौता अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउनुपर्ने हुन्छ । बसपार्कभित्र निर्माण गरिएका संरचनासमेत महानगरलाई बुझाउने गरी सम्झौता भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि