• होमपेज
  • शेयर मार्केट
  • ७० करोडको आईपीओ आउँदै

७० करोडको आईपीओ आउँदै

  • मङ्लबार, भदौ २९, २०७८
७० करोडको आईपीओ आउँदै

साहस उर्जा लिमिटेडले यही असोज ६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणमा ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको हो । निष्काशन गरिने कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार उक्त शेयर सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार