• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेन्ट बैक मलेखु शाखाद्धारा डिजीटल बैकीङ्गको महत्व विषयक कार्यक्रम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैक मलेखु शाखाद्धारा डिजीटल बैकीङ्गको महत्व विषयक कार्यक्रम सम्पन्न

  • मङ्लबार, भदौ २९, २०७८
सांग्रिला डेभलपमेन्ट बैक मलेखु शाखाद्धारा डिजीटल बैकीङ्गको महत्व विषयक कार्यक्रम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैक लि. मलेखु शाखाले प्रधान कार्यालय बालुवाटार काठमाण्डौको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङ्गको सभाहलमा जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रमुख एंबम प्रहरी उपरिक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा डिजीटल बैकीङ्ग को महत्व विषयक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विशीष्ट अतिथीमा प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारी अतिथीहरुमा प्रहरी निरिक्षक रमेश थापा लगाएतको उपस्तिथीमा सामाजिक दुरी कायम गर्दै कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्वागत मन्तब्य शाखा मलेखुकै कर्मचारी सिमान्त ढुङ्गानाले गर्नुभएको थियो भने शाखा कार्यलय गल्छी धादिङ्गका शाखा प्रमुख कमलराज शर्माले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैक लि.मलेखु शाखाका प्रमुख गौरब काफ्ल ले उक्त विषयमा बोल्दै पहिले पहिले जस्तो लामो समयसम्म लाइन बस्नु नपर्ने एटिएम मोबाइल बैकीङ्गको प्रयोगबाट धेरै समयको बचत ,पारदर्शी कारोबार र न्युन जोखिम रहने कुरा बताउनु भयो ।

साथै काफ्लेले कोरोना महामारी (कोभिड १९) रोकथाम एबम नियन्त्रणका लागि लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजीटल बैकीङ्ग कारोबार गर्नेका संख्यामा बृद्दि भएको छ तर अझै प्रविधीको ज्ञानको अभावले प्रभावकारिता आउन भने नसकेको बताउनु भयो । बैंक खाता खोल्न,खातामा पैसा पठाउन, ऋण आवेदन दिन,विभीन्न महशुल भुक्तानी गनर्, रिर्चाज गर्न लगाएतका बैकीङ् सेवाहरु अहिले घरमै बसेर गर्न सकिने कुरा सबैलाई Manual सहित प्रस्तुत गर्नुभयो । हाल नेपाल राष्ट्र बैकको निती अनुसार क्यासलेस कारोबारमा एकै चोटी फड्कोे मार्न नसके पनि लेस क्यास अर्थात कम नगद प्रयोग तर्फ आफ्ना ग्राहकलाई आकर्षण गरि विधुतीय भुक्तानी कारोबारलाई सांग्रिला डेभलपमेन्ट बैंक लि.ले गहन रुपमा लिएको कुरामा समेत दुइमत नभएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी प्रहरी उपरिक्षक महेन्द्र खड्का ज्युले डिजीटल बैकीङ्गको महत्व बढिरहेको बर्तमान समयमा यस कार्यक्रमले थप महत्वपुर्ण भुमिका खेलेको कुरा बताउदै नगदरहित कारोबारका लागि सबैलाई आग्रह समेत गर्नु भयो । उहाले सांग्रिला डेभलपमेन्ट बैंक लि. ले नाफा मात्रै नहेरी धेरै सामाजिक उत्तरदायित्वको काम गरेर सबैको मनमा बस्न सफल भएकोमा बधाई दिनु भयो । खड्काले आफ्नो मातहतका कर्मचारीहरुलाई स्र्माट मोबाइल बैकीङ्ग,इन्टरनेट बैकीङ्ग, ए.टि.एम.,फोन पे, डेबिट कार्ड,क्रेडिट कार्ड,रेमिटान्स,अन्तर बैक विधुतीय भुक्तानी प्रणालीको महत्व तथा सुबिधा साथै समग्रमा डिजीटल बैकीङ्गको महत्वका बारेमा जानकारी दिइएकोमा मलेखु शाखाका शाखा प्रमुख गौरब काफ्ले लाई सगसगै बैकलाइ विशेष धन्यवाद दिनु भयो । कार्यक्रममा काफ्लेले मलेखु शाखाले मात्रै नभई सांग्रिला डेभलपमेन्ट बैंक लि.को देशै भरिका ९६ ओटा शाखा कार्यालयहरु बाट यस किसिमको कार्यक्रम गर्दै वित्तिय सचेतना, विधुतीय भुक्तानी प्रणालीको महत्व,फाइदाका बारेमा जानकारी दिदै विधुतीय भुक्तानी गर्न तर्फ प्रोत्साहन गरेको कुरा उल्लेख गर्नु भयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि