• होमपेज
  • अर्थ/वाणिज्य
  • जनतालाई बेच्न बैंकले लोगो राखेर आयात गर्ने सुनको भन्सार घट्यो

जनतालाई बेच्न बैंकले लोगो राखेर आयात गर्ने सुनको भन्सार घट्यो

  • सोमवार, भदौ २८, २०७८
जनतालाई बेच्न बैंकले लोगो राखेर आयात गर्ने सुनको भन्सार घट्यो

सरकारले सुनमा दुईथरी भन्सार शुल्क लगाउने गरेको छ। ब्यवसायीका लागि मगाइने सुनमा प्रति १० ग्राम ८५०० रुपैयाँ भन्सार शुल्क लाग्छ। बैंकहरुले आफ्नो लोगो अंकित सुन वा अन्य गहना वा प्रतिमा ल्याएमा १५ प्रतिशत शुल्क लाग्छ।

अब भने सबै खाले सुन वा बैंकले लोगो अंकित गरेर ल्याएको सुनमा पनि प्रति १० ग्राम ८५०० रुपैयाँ भन्सार शुल्क लाग्ने छ।

आजको दिनमा प्रति १० ग्राम सुनको मूल्य ७७४२० रुपैयाँ छ। यसमा भन्सार शुल्क ८५०० रुपैयाँ घटाउँदा ६८ हजार ९२० रुपैयाँ पर्छ। अब यसको १५ प्रतिशत १० हजार ३३८ रुपैयाँ हुन्छ। यस हिसाबले अब बैंकलाई प्रति १० ग्राम यस्तो खालको सुन ल्याउँदा १८ सय ३८ रुपैयाँ सस्तो पर्छ।

बाणिज्य बैंकहरुले सर्वसाधारण जनतालाई बिक्री गर्न आफ्नो लोगो अंकित स-साना परिमाणमा सिक्का बनाएर सुन ल्याउन सक्छन्। यस्तो अभ्यास केही बर्षअघि एक/दुई वटा बैंकले गरेका थिए। तर महँगो भन्सार परेपछि उनीहरुले रोकेका थिए।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि