• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बैंकले निक्षेपको ब्याज दर ८.०५ प्रतिशत पुर्‍यायो

नेपाल बैंकले निक्षेपको ब्याज दर ८.०५ प्रतिशत पुर्‍यायो

  • सोमवार, भदौ २८, २०७८
नेपाल बैंकले निक्षेपको ब्याज दर ८.०५ प्रतिशत पुर्‍यायो

नेपाल बैंकले निक्षेपको ब्याज दर बढाएको छ। बैंकले रिकरिङ निक्षेपको ब्याज दर ८.०५ प्रतिशत पुर्‍याएको छ। बैंकले निक्षेपमा बढीमा ७.५ प्रतिशतसम्म मात्र ब्याज दिँदै आएको थियो।

नयाँ निक्षेप योजनाको विशेषता- समान किस्ता, बचत अवधि ६ महिनादेखि १० बर्षसम्म हुनु र आवश्यक परेका बेलामा कर्जा सुविधा पाउनु हो। यो निक्षेपको भुक्तानी अग्रिम पनि हुन सक्छ।

बैंकले बचत खातामा अधिकतम ४.५५ प्रतिशतसम्म ब्याज दिइरहेको छ। राष्ट्र बैंकले बचतको न्यूनतम ब्याज र मुद्दतिको अधिकतम ब्याजको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने ब्यवस्था गरेको छ।

अहिले तरलता अभाव बढ्दै गएको छ। त्यही भएर बैंकले बचतको ब्याजसमेत बढाएको हो। यसले गर्दा मुद्दतिको पनि उक्लिएको हो।

बैंकले ८४औं बार्षिकोत्सवका अवसरमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट, मेरो सेयर र सि-आस्वा लगायत नि:शुल्क रुपमा उपलब्ध गराइरहेको छ। यो सुविधा कात्तिक ३० गतेसम्म मात्र नि:शुल्क पाइने छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि