• होमपेज
  • शेयर मार्केट
  • सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

  • सोमवार, भदौ २१, २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमीटेड (नेप्से)मा सूचीकृत भएको छ ।  सोमबार नेपाल स्टक एक्सचेञ्ज  लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच ९ प्रतिशत व्याजदर भएको “सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७” नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट रु. १००० मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणका लागि सो ऋणपत्रका युनिटहरुको बिक्री खुलाएको थियो यसरी सर्वसाधारणमा वितरण गरिएको ७,५०,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण भएको हो ।  बैंकको ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि